मिति २०८३ असोज १८ गते काठमाडौं महानगरपालिका–८, गुह्येश्वरीस्थित गुह्येश्वरी क्याटरिङमा मेरो अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला समितिको पूर्ण बैठक सम्पन्न भयो।
बैठकमा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, नगर सभापतिहरू, क्षेत्रीय संयोजकहरू तथा घन्टी मित्रहरूको उल्लेखनीय सहभागिता रह्यो। यस अवसरमा पार्टीको संगठनात्मक गतिविधि, आगामी कार्यदिशा, स्थानीय तथा प्रदेश तहको निर्वाचन तयारी, साथै विभिन्न तहबीचको समन्वय र सहकार्यका विषयमा महत्वपूर्ण छलफल गरियो।
बैठकमार्फत संगठनलाई अझ सुदृढ, व्यवस्थित र परिणाममुखी बनाउँदै आगामी दिनमा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइयो।
यसै क्रममा काठमाडौं जिल्ला समितिका सदस्य श्री केदार प्रसाद रैलालाई जिल्ला समितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको छु। साथै श्री सौरभ बस्नेतलाई जिल्ला समितिको संगठन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।






नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका दुवै साथीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। उहाँहरूको अनुभव, सक्रियता र क्षमताले जिल्ला संगठनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु।
आगामी दिनमा हामी सबैको सामूहिक प्रयासबाट काठमाडौं जिल्लामा पार्टी संगठनलाई अझ बलियो बनाउँदै सुशासन, जवाफदेहिता र जनमुखी राजनीतिको अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउनेछौं।
संगठन बलियो बनाऔँ, जनताको विश्वास जितौँ।
जिम्मेवारीलाई परिणाममा बदलौँ। 🔔


