
बारेमा
राजा शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं जिल्ला सभापति तथा सक्रिय युवा नेता हुन्। पहिलो महाधिवेशनबाट निर्वाचित शाक्य यसअघि काठमाडौं महानगरपालिका वडा नं. ८ का अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए। नेपाल भाषा, नेवाः संस्कृति, सम्पदा संरक्षण तथा स्थानीय सरोकारका विषयमा उनको सक्रियता उल्लेखनीय छ। समुदायसँग प्रत्यक्ष जोडिँदै आएका उनी स्वयम्भू, बिजेश्वरी र डल्लु क्षेत्रमा सरसफाइ, रक्तदान तथा सामाजिक अभियानहरूमा अग्रसर रहँदै आएका छन्।
“समाजको सेवाबिना राजनीति पूर्ण हुन सक्दैन” भन्ने सोचका साथ सामाजिक सेवामा निरन्तर सक्रिय शाक्य स्थानीय जनताका समस्या र मुद्दालाई प्राथमिकताका साथ उठाउने नेताका रूपमा परिचित छन्। संगठन निर्माण, कार्यकर्ता मार्गदर्शन, समान व्यवहार र संवादमा आधारित नेतृत्वशैली उनका प्रमुख विशेषता हुन्। कर्मशील, शालीन, सहज र जिम्मेवार व्यक्तित्वका रूपमा चिनिएका शाक्य रास्वपामार्फत समृद्ध, न्यायपूर्ण र जनमुखी नेपाल निर्माणको अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
हाम्रो प्रतिबद्धता
तपाईंको आवाज।.
हाम्रो जिम्मेवारी।.
एक राम्रो भोलि.
म पारदर्शी नेतृत्व, समावेशी विकास र व्यावहारिक समाधानहरूमा विश्वास गर्छु जसले दैनिक जीवनमा सुधार ल्याउँछ।.
12,492
संलग्न व्यक्तिहरू
हामी सँगै बलियो छौँ।.
11,680
सेवाका दिनहरू
प्रत्येक दिन, तपाईंको लागि।.
1,750
सामुदायिक पहलहरू
राम्रो समुदायहरूको निर्माण गर्दै।.
52,890
समर्थकहरू
तपाईंको विश्वासको लागि धन्यवाद।.

